Kathmandu Press

आयोजना प्रभावितलाई सुपर मादी हाइड्राेको आइपिओ निष्कासन

तोकिएका लगानीकर्ताले आगामी पुस ५ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्। 
आयोजना प्रभावितलाई सुपर मादी हाइड्राेको आइपिओ निष्कासन

काठमाडौं, मंसिर २० : सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय र वैदेशिक रोजगारी गएकाहरूका लागि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले आज (मंगलबार) प्रतिकित्ता रु १०० अंकित दरमा १२ लाख ६० हजार कित्ता आइपीओ स्थानीयका लागि बिक्री खुला गरेको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

तोकिएका लगानीकर्ताले आगामी पुस ५ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्। 

आयोजनाले प्रभाव पार्ने कास्की जिल्लाको मादी गाउँपालिका १ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाको २६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि ७ लाख ३५ हजार कित्ता सेयर निष्कासन गरेको हो। 

कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि पनि २ लाख १० हजार कित्ता सेयर निष्कासन गरेको छ।

लगानीकर्ताले एनसिसी बैंक, कुमारी बैंक तथा माछापुच्छ«े बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको आयोजनास्थलबाट सेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेको नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत आवेदन दिन सकिनेछ। 

कम्पनीले कास्कीको मादी नदीमा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्