Kathmandu Press

बम विस्फोटमा सात कर्मचारी मारिए

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो। 
बम विस्फोटमा सात कर्मचारी मारिए

मजार–ए–शरीफ, अफगानिस्तान, मंसिर २० : अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने  अन्य छ जना घाइते भएका छन्। 

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो। 
 
यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको सङ्ख्या  पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन्। विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन।

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, मंसिर २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्