सुनको मूल्य घट्यो
अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९९ हजार तीन सय तोकिएको छ।
काठमाडौं, मंसिर २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ।
अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९९ हजार तीन सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार चार सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले घटेर रु एक हजार तीन सय ५० तोकिएको महासंघले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।
प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











