Kathmandu Press

गत साता लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार : आइओएम

यही २०२२ नोभेम्बर २७  देखि  डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आइओएमले एक विज्ञप्तिमार्फत जनाएको हो।
गत साता लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार : आइओएम

त्रिपोली, मंसिर २० : आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ।

यही २०२२ नोभेम्बर २७  देखि  डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आइओएमले एक विज्ञप्तिमार्फत जनाएको हो।

Hardik ivf

सन् २०२२ को सुरुबाट हालसम्म १ हजार ८९ महिला र ६ सय ७८ बालबालिकासहित कुल २१ हजार चार सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आइओएमले जनाएको छ।

यस वर्ष अहिलेसम्म कुल ५ सय १७ गैरकानुनी आप्रवासीको मृत्यु भएको छ भने ८ सय ३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आइओएमले थप जानकारी दिएको छ।

सन्  २०२१ मा कुल ३२ हजार ४ सय २५ गैरकानुनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो ।  सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ । 

यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीहरूका लागि प्रस्थानको एक केन्द्रबिन्दु बनाएको छ।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्