Kathmandu Press

२०१९ को पहिलो महिनामै पर्यटक संख्या २५ प्रतिशतले बृद्धि

काठमाडौं, माघ २९ : सन् २०१९ को पहिलो महिना नै पर्यटक आगमन दर उच्च देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भि....

२०१९ को पहिलो महिनामै पर्यटक संख्या २५ प्रतिशतले बृद्धि
नेपाल पर्यटन वोर्ड

काठमाडौं, माघ २९ : सन् २०१९ को पहिलो महिना नै पर्यटक आगमन दर उच्च देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन २५.४ प्रतिशतले बढी हो ।

 

हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार भारतीय पर्यटकको आगमन २०.६ प्रतिशतले र चिनियाँको आगमन १४ प्रतिशतमात्रैले बढेको छ । एक महिनामा भारतबाट १४ हजार ६ सय ५० र चीनबाट १३ हजार ६ सय ८८ पर्यटक नेपाल भित्रिएका छन् ।
भारतबाट हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकलाई मात्र पर्यटक मान्ने गरिएको छ । स्थलमार्गबाट ठूलो संख्यामा भारतीयहरु नेपाल आउने गरेका छन् ।

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, माघ २९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्