रुसमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते
एउटा इन्धन ट्यांकरमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको बताइएको छ।
मस्को, मंसिर १९ : रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा विस्फोट भएको छ। सोमबार भएको विस्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बताइएको छ।
एउटा इन्धन ट्यांकरमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको बताइएको छ। विस्फोटको कारण अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौं किलोमिटर टाढा रहेको बताइएको छ। सुरक्षा निकायले विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको सेराटोभका क्षेत्रीय गभर्नरले बताएका छन्।
प्रकाशित मिति: २०:२६ बजे, सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












