३ सय १८ मतान्तरसहित दोलखा प्रतिनिधि सभामा माओवादीका कार्की विजयी
कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७७ मत पाएका छन् ।
काठमाडौं, मंसिर १९ : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७७ मत पाएका छन् ।
उनीहरुबीचको मतान्तर तीन सय १८ रहेको छ । प्रदेशसभातर्फ भने आइतवार नै क्षेत्र १ मा कांग्रेसका केन्द्रीय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् ।
प्रकाशित मिति: ०९:२८ बजे, सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार