Kathmandu Press

अरूण भ्याली हाइड्रोपावरले ८.४२१ प्रतिशत लाभांश दिने 

कम्पनीको मंसिर १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
अरूण भ्याली हाइड्रोपावरले ८.४२१ प्रतिशत लाभांश दिने 

काठमाडौं, मंसिर १८ : अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीको मंसिर १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हाे।

कम्पनीको आगामी साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन्। हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ छ।  

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्