Kathmandu Press

समानुपातिक मतगणना अन्तिम चरणमा, नेकपा एसलाई थ्रेसहोल्ड कटाउन मुस्किल 

देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ । एक करोड चार लाख २० हजार १२५ सदर मत गणना हुँदा दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको हो ।
समानुपातिक मतगणना अन्तिम चरणमा, नेकपा एसलाई थ्रेसहोल्ड कटाउन मुस्किल 

काठमाडौं, मंसिर १८ : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकमा नेकपा (एमाले) पहिलो दल बनेको छ ।

देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ । एक करोड चार लाख २० हजार १२५ सदर मत गणना हुँदा दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको हो ।

Hardik ivf

 ११ लाख ६२ हजार १२४ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ ।

यस्तै जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ । 

यता, नेकपा (एकीकृत समाजवादी) भने थ्रेसहोल्ड नकटाउने लगभग निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । 

प्रकाशित मिति: ०८:०२ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्