Kathmandu Press

 बाजुरा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी

 बाजुरा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी

बाजुरा,मंसिर १७ : बाजुरा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही विजयी भएका छन् । शाहीले एमाले उम्मेदवार बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन्।

शाहीले १० हजार ९७३ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका एमाले उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए।

उक्त क्षेत्र सत्तारुढ गठबन्धन अन्तर्गत माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा केन्द्रले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो।

अर्कोतिर एकीकृत समाजवादीले पनि बाजुराको यो क्षेत्र नछाड्ने भन्दै युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीलाई उम्मेदवार बनाएपछि दुुबै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा गएका थिए । कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवार शाहीलाई समर्थन गरेपछि माओवादी केन्द्रका उम्मेदवार विश्वकर्मा भने निकै पछाडि परेका हुन् । विश्वकर्माले एक हजार ९८ मत पाएका छन् ।

प्रकाशित मिति: २०:०० बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्