Kathmandu Press

स्याङ्जा २ मा कांग्रेस उम्मेदवार गुरुङको जित सुनिश्चित

गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४ छ। जबकि अब ४ हजार ८७१ मत मात्र गन्न बाँकी छ।
स्याङ्जा २ मा कांग्रेस उम्मेदवार गुरुङको जित सुनिश्चित

काठमाडौं, मंसिर १७ : स्याङ्जा २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ। गन्न बाँकी मतभन्दा मतान्तर बढी रहेकाले उनको जित सुनिश्चित भएको हो।

पछिल्लो मतपरिणामअनुसार गुरुङले २९ हजार ५६६ मत ल्याउँदा एमाले उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत प्राप्त गरेकी छन्।

Hardik ivf

गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४ छ। जबकि अब ४ हजार ८७१ मत मात्र गन्न बाँकी छ।

चापाकोट नगरपालिका–८, ९ र १० को मात्र गणना हुन बाँकी छ। स्याङ्जा २ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिन गणना रोकिएको थियो।

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, मंसिर १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्