Kathmandu Press

मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

२३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् भन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याउएका छन्।
मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

बाजुरा, मंसिर १७ : बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन्।

२३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् भन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याउएका छन्।

एमाले उम्मेदवार थापाको गृहनगर बूढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने एमालेका बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गरेका छन्।

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याउँदा एमालेका लालबहादुर थापाले सात हजार चार सय ४७ मत ल्याएका छन्।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्