Kathmandu Press

बाजुरामा बद्री पाण्डेको अग्रता

पाण्डेले ११०७६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ८८५२ मत पाएका छन्।
बाजुरामा बद्री पाण्डेको अग्रता

बाजुरा, मंसिर १७ : बाजुरामा जारी मतगणनामा शनिबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेदावरहरूको लिएका छन्।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा छन्। पाण्डेले ११०७६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ८८५२ मत पाएका छन्।

Hardik ivf

प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगाडि छन् । शाहीले ५१३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार बलदेव रेग्मीले ३९२८ मत ल्याएका छन्।

यस्तै प्रदेश सभा (२) तर्फ कांग्रेस उम्मेदवार पदमबहादुर शाहीको ९०२२ मत ल्याउँदा एमाले उम्मेदवार लालबहादुर थापाको ७४४७ मत प्राप्त गरेका छन्।

बाजुरामा कूल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९७६५ मत खसेको छ।

प्रकाशित मिति: ०८:२६ बजे, शनिबार, मंसिर १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्