Kathmandu Press

काबुलमा विस्फोटः १ जनाको मृत्यु, २ घाइते

काबुलमा विस्फोटः १ जनाको मृत्यु, २ घाइते

काबुल, मंसिर १६ : अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब-ए-इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

'हेक्मतयारलाइ भने  सुरक्षित छन्,' टिभी च्यानलले हेक्मत्यारका नजिकका नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै  उल्लेख गरेको छ। अर्को अज्ञात स्रोतले उक्त शक्तिशाली विस्फोटमा नेताका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको टिभी च्यानललाई बताएको छ।

विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

प्रकाशित मिति: १९:३९ बजे, शुक्रबार, मंसिर १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्