Kathmandu Press

नेपाल होटल अवार्ड २०२२ आगामी पुस ४ गते काठमाडौंमा हुने

रेन्डरबुकिङले अवार्डको पारदर्शितामा कुनै प्रश्न उठ्न नदिने समेत जनाएको छ। 
नेपाल होटल अवार्ड २०२२ आगामी पुस ४ गते काठमाडौंमा हुने

काठमाडौं, मंसिर १६ : नेपाल होटल अवार्ड २०२२ आगामी पुस ४ गते काठमाडौंमा हुने भएको छ। 

कोरोनाका कारण नेपालको होटल उद्योगमा परेको नकारात्मक प्रभावलाई काम गर्नका लागि खुल्ला नोमिनेसन र गोप्य तथा आधुनिक मूल्यांकन प्रक्रियाबाट होटल अवार्ड आयोजना गर्न लागिएको आयोजक रेन्डरबुकिङले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

अवार्डमा विभिन्न १५ विधा रहने आयोजक रेन्डर बुकिङका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिए। उनले अवार्डका क्रममा गरिने होटलको मूल्यांकन र जानकारी पनि गोप्य रहने बताए।

पत्रकार सम्मेलनमा महानायक राजेश हमालले नेपालका होटलको गुणस्तरका बारेमा प्रश्न उठ्ने गरेकोमा यस अवार्डले होटलको वास्तविक मूल्यांकन हुने अपेक्षा राखे।

रेन्डरबुकिङले अवार्डको पारदर्शितामा कुनै प्रश्न उठ्न नदिने समेत जनाएको छ। 

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्