Kathmandu Press

सरकार र राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीले आन्दोलन गर्ने

नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिवन्ध लगाउने निर्णयबिरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन्।
सरकार र राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीले आन्दोलन गर्ने

काठमाडाैं, मंसिर १६ : लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन्।

नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिवन्ध लगाउने निर्णयबिरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन्।

नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो चरणमा सामाजिक सञ्जालबाट विरोध प्रदर्शन गर्ने र त्यसपछि कालो व्यानर प्रदर्शन गर्ने तथा धर्ना दिने लगाएतका कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिए। उनले शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने बताए।

अध्यक्ष थापाले अव पनि सवारी आयात प्रतिवन्ध नहटाए अटो व्यवसाय थला पर्ने अवस्थामा पुगको धारणा राखे। आफुहरुको समस्याका बारेमा पटक पटक राज्यको ध्यानाकर्षण गरेपनि सुनुवाई नभएको उनको भनाइ छ। 

मंसिर २२ गतेसम्मपनि आफुहरुको मागमा सुनुवाई नभए दोश्रो चरणको आन्दोलन सुरु गर्ने नाडाले जनाएको छ। विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रुपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुला छ।

राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ।

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्