Kathmandu Press

लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि राष्ट्रसंघसँग आग्रह 

'लेबनानसँग शरणार्थी मामिलाको परिणाम सहन सक्ने आर्थिक र राजनीतिक क्षमता छैन, यो मुद्दा लेबनानका लागि दबाबको कारक बनेको छ।'
लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि राष्ट्रसंघसँग आग्रह 

बेरूत, मंसिर १६ : लेबनानले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको छ। 

लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) फिलिपो ग्रान्डीसँग ग्रान्ड सेराइलमा भने, 'लेबनानसँग शरणार्थी मामिलाको परिणाम सहन सक्ने आर्थिक र राजनीतिक क्षमता छैन यो मुद्दा लेबनानका लागि दबाबको कारक बनेको छ।'

Hardik ivf

मिकातीले भने, 'यस चरणको प्राथमिकता विस्थापित सिरियालीहरूलाई क्रमशः उनीहरूको देशमा फर्काउने हो किनकि सिरियामा स्थिति स्थिर भएको छ।' 

उक्त अबसरमा ग्रान्डीले मिकातीसँग ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीहरूलाई होस्ट गर्न लेबनानमाथि थोपरिएको अविश्वसनीय दबाबको बारेमा सहमति व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले लेबनानी जनता र देशका सबैका लागि आफ्नो मानवीय सहयोग बढाउने आश्वासन दिए।

ग्रान्डीले युएनएचसीआरले सिरियाली अधिकारीहरूसँग मिलेर सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा फर्कनबाट रोक्न भएको अवरोधहरू हटाउन काम गरिरहेको बताउँदै केही चुनौतीहरूमा भत्किएका घरहरू र कठिन आर्थिक स्थिति समावेश रहेको बताए। 

उनले भने, 'हामीले केही प्रगति गरेका छौं तर फर्कने निर्णयमा विश्वस्त हुन अझै धेरै काम गर्न बाँकी छ। कतिपय स्थानका शरणार्थी फिर्ता गर्नका लागि उनीहरूको घर भत्किएकोले समस्या भएको छ।' 

सरकारले लेबनानमा २० लाख सिरियाली शरणार्थी रहेको अनुमान गरेको छ। 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्