Kathmandu Press

४५ प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास : सर्भे

पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको प्राप्त समाचारमा जनाइएको छ।
४५ प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास : सर्भे

इस्लामाबाद, मंसिर १६ :  पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ।

पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको प्राप्त समाचारमा जनाइएको छ।
 
आगामी छ महिनामा पाकिस्तानको वर्तमान आर्थिक अवस्थामा सुधार आउने उनीहरुले अनुसन्धानका क्रममा बताएका हुन्।

Hardik ivf

यहाँका ग्यालप र गिलानी क्षेत्रमा पाकिस्तानीले गरेको सर्भेक्षणमा उनीहरुलाई पाकिस्तानको अहिलेको आर्थिक अवस्था कस्तो लाग्छ र यसमा सुधार आउँछ कि आउँदैन भन्ने प्रश्न गरिएको थियो।
 
यो प्रश्नको जवाफ दिने क्रममा ४५ प्रतिशतले पाकिस्तानको अहिलेको आर्थिक अवस्था खराब रहेको बताउँदै तर पनि आगामी छ महिनापछि यो अवस्थामा सुधार आउने बताएका हुन्।

यो प्रश्नको जवाफ दिने क्रममा छ प्रतिशत उत्तरकर्ताले अहिलेको अवस्था निकै धेरै सुधार आउने बताएका छन् भने अरु ३९ प्रतिशतले पनि सुधार आउने बताएका छन्।
 
तर उक्त सर्भेक्षणमा सहभागीमध्ये सो प्रश्नको जवाफमा २१ प्रतिशत मानिसले अहिलेको अवस्थामा परिवर्तन नै नआउने बताएका थिए भने २३ प्रतिशतले त अहिलेको अवस्था भन्दा पनि झनै खराब हुने बताएका थिए।
 
पाकिस्तानमा आर्थिक अवस्था बिग्रिँदै गएको बताइएको छ। यसका कारण यहाँको सरकारले पनि आर्थिक सुधारका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताउने गरिएको छ।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्