Kathmandu Press

इजरायली सैनिक कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

इजरायली सैनिक कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

जेनिन, मंसिर १५ : इजरायली सेनाले बिहीबार गरेको कारवाहीमा एक विद्रोही नेतासहित दुई प्यालेस्टाइनी मारिएका छन् ।  

वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा बन्दुक लडाई सुरु भएको प्यालेस्टिनी अधिकारीहरु र इजरायली सेनाले जानकारी दिएका छन्। 

आज बिहान जेनिन शिविरमा भएको आक्रमणको क्रममा २६ वर्षीय मोहम्मद अयमान अल–सादी र २७ वर्षीय नइम जमाल जुबैदी इजरायली सेनाको गोलीबाट मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
    
वादी ब्रुकिन शहरमा प्रवेश गरेर आतङ्कवादी गतिविधिमा संलग्न भएको आशङ्कामा तीन जना पक्राउ पुजी जारी रहेको व्यक्तिहरूलाई पक्राउ गरिएको इजरायल सेना जानकारी दिएको छ ।

अल–सादी, ‘इस्लामिक जिहाद आगङ्ककारी संगठनको एक उच्च–स्तरीय नेता पनि मारिएका सेनाले जानकारी दिएका छन् ।इजरायलका निवर्तमान प्रधानमन्त्री यायर ल्यापिडले आक्रमणलाई ‘आतङ्कवाद विरुद्धको लडाईमा हाम्रो प्रत्यक्ष निरन्तरता भनेर प्रशंसा गरेका छन्। 

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, मंसिर १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्