Kathmandu Press

अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ लडाकूद्वारा आत्मसमर्पण

अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ लडाकूद्वारा आत्मसमर्पण

काबुल, मंसिर १५ : अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित  स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

लडाई त्यागेर आत्मसमर्पण गर्ने इस्लामिक स्टेट्स (आइएस) समूहका सबैका लागि ढोका खुला रहेको पञ्जशिरमा आयोजित एक स्वागत समारोहमा प्रान्तीय गभर्नर मौलावी मोहम्मद मोहसेन हाशिमीले बताएका छन्। 

 ती १३ जना लडाकू तालिबान प्रशासनविरुद्धको प्रतिरोधी समूहसँग सम्बन्धित रहेका जनाइएको छ।

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, मंसिर १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्