Kathmandu Press

स्याङ्जा २ मा मतगणना जारी, कांग्रेसका धनराज गुरुङ १३०० मतान्तरले अगाडि

स्याङ्जा २ मा मतगणना जारी, कांग्रेसका धनराज गुरुङ १३०० मतान्तरले अगाडि

स्याङ्जा, मंसिर १५ : स्याङ्जा २ मा मतगणना जारी छ। त्यहाँ काग्रेस उम्मेदवार धनराज गुरुङले १ हजार ३०० मतान्तरले अग्रता कायम राखेका छन्।

बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाउँदा एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का टीकराज गुरुङले १ हजार ५७५ मत पाएका छन्।

एमालेले धाँधली भएको भन्दै पुनः मतदान माग गरेपछि त्यहाँ मतगणना रोकिएको थियो। स्थगित भएको १२ दिनपछि बुधबार बेलुकाबाट त्यहाँ मतगणना सुरु भएको हो। आयोगले पुनः मतदान नगर्ने निर्णय गरेपछि मतगणना थालिएको हो। 

प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्