Kathmandu Press

पाँच सयले बढ्यो सुनको मूल्य

बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९८ हजार एक सय तोकिएको हो।
पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडाैं, मंसिर १५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ।

बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९८ हजार एक सय तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार छ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सय थियो।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १२:१० बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्