Kathmandu Press

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

नेता चियाङ ९६ वर्षका थिए। केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उनीको निधनको घोषणा गरेको हो। 
चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

बेइजिङ, मंसिर १४ : चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ। रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअंग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उनको निधन भएको हो।

नेता चियाङ ९६ वर्षका थिए। केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उनीको निधनको घोषणा गरेको हो। 

पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म  राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गर्नुभएको थियो।

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएको थिएन। तीन वर्षअघि उनी तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएको थियो। 

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्