Kathmandu Press

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने आयोगकाे निर्णय, मतगणना थाल्न निर्देशन

आयोगको आज  (बुधबार) बसेको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय पनि गरेको छ।
स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने आयोगकाे निर्णय, मतगणना थाल्न निर्देशन

काठमाडौं, मंसिर १४ : निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ।

आयोगको आज  (बुधबार) बसेको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय पनि गरेको छ।

मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले सम्बिन्धत जिल्लाको मुख्य निर्वाचन अधकिृतको कार्यालयलाई निर्देशनसमेत दिएको छ।

ती जिल्लामा मतदानका क्रममा धाँधली, बुथ कब्जा भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो।

आयोगले ती क्षेत्रको वास्तविकता पत्ता लगाउन सहसचिवको नेतृत्वमा छानबिन टोलीसमेत पठाएको थियो।

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्