दुई सयले बढ्यो सुनको मूल्य
मंगलबार प्रतितोला रु. ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज (बुधबार) प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो।
काठमाडौं, मंसिर १४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ।
मंगलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज (बुधबार) प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार एक सय छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सय थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु पाँचले बढेर रु एक हजार दुई सय ९० पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १४:१२ बजे, बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











