भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो।नयाँदिल्ली, मंसिर १४ : भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो। विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मंगलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो।
संघीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशंकामा जैविक गैर बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
वैदेशिक व्यापार नियमन एवम् प्रवद्र्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो। चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति: १२:२५ बजे, बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१