Kathmandu Press

सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

भगवतीले ४०७८८ मत ल्याउँदा कांग्रेसका विजयकुमार गच्छदारले ३५६०० मत ल्याए ।
सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

काठमाडौं, मंसिर १३ : सुनसरी क्षेत्र नं. ३बाट प्रतिनिधिसभा सदस्यमा एमालकी भगवती चौधरी विजयी भएकी छिन्। उनले २०४८ पछिका सबै निर्वाचन जितेका कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार बढी मतान्तरले हराइन् ।

निकै सुस्त भएको मतगणनामा भगवतीले ४०७८८ मत ल्याउँदा कांग्रेसका विजयकुमार गच्छदारले ३५६०० मत ल्याए ।

Hardik ivf

यसअघि २०७०को दोस्रो संविधान र २०७४ को आम निर्वाचनमा भगवती गच्छदारसँगै पराजित भएकी थिइन्।

 

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्