Kathmandu Press

सुनसरी ४मा विवादित केन्द्रको मतगणना पुनः हुने

आयोगको सोमबार बसेको बैठकले पूरै निर्वाचन क्षेत्रको नभई विवाद भएका केन्द्रका मात्र मत गन्न निर्णय निर्देशन दिएको हो।
सुनसरी ४मा विवादित केन्द्रको मतगणना पुनः हुने

काठमाडौैं, मंसिर १२ : सुनसरी–४ मा विवादित मतदान केन्द्रको मतगणना पुनः गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगको सोमबार बसेको बैठकले पूरै निर्वाचन क्षेत्रको नभई विवाद भएका केन्द्रका मात्र मत गन्न निर्णय निर्देशन दिएको हो।

यसअघि गणना गरेर सिलबन्दी भइसकेका मतपेटिका अदालतको आदेशमा मात्र गणना गर्न सकिने आयोगले ठहर गरेको थियो। सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि ३ दिनदेखि मत गणना रोकिएको छ।

Hardik ivf

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट उम्मेदवार समेत रहेका कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छन् । उनले आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ४ सय ३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार ३ सय ४१ मत पाएका छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।

प्रकाशित मिति: १९:३९ बजे, सोमबार, मंसिर १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्