Kathmandu Press

पत्रकार राईलाई रिहा गर्न पत्रकार महासंघको माग

पत्रकार राईलाई रिहा गर्न पत्रकार महासंघको माग

उदयपुर, मंसिर १० : नेपाल पत्रकार महासंघले पत्रकार गजेन्द्र राईलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

महासंघ उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानी पोष्ट अनलाइनका सञ्चालक राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको घटना प्रेस स्वतन्त्राविपरीतको काम भएको भन्दै रिहा गर्नुपर्ने माग गरेको हो ।

Hardik ivf

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राईलाई यही मंसिर १० गते प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकबाट पक्राउ गरेको थियो ।  

‘कुनै पनि विषयमा सम्प्रेषित भएका समाचारप्रति चित्त नुबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएइको यो घटना प्रेस स्वतन्त्रा विपरीतको काम हो’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: १९:२४ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्