Kathmandu Press

उदयपुर १ को मतगणना सुरु गर्ने आयोगको निर्देशन

एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए पत्रबमोजिम मतगणना कार्यलाई दिने आयोगको निर्णय भएको भनिएको छ ।
उदयपुर १ को मतगणना सुरु गर्ने आयोगको निर्देशन

काठमाडौं, मंसिर १२ : उदयपुर १ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले उदयपुर १ का मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै मतगणनालाई निरन्तरता दिन भनेको छ।

गणनाका क्रममा प्रदेश २ को मतपत्र भेटिएपछि दुई यता उदयपुरको मतगणना रोकिएको छ।

Hardik ivf

एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए पत्रबमोजिम मतगणना कार्यलाई दिने आयोगको निर्णय भएको भनिएको छ । प्राप्त पत्रकै आधारमा अहिले गणना सुरु गरिने मतगणनास्थलमा माइकिङ गरिएको छ ।

आयोगको पत्रपछि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अघिकृत कृष्णप्रसाद सुवेदीले बताए । आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको हो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छ्न् ।

प्रकाशित मिति: १९:०१ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्