इलाम–१ मा झलनाथ खनालकाे पराजय निश्चित

काठमाडौं, मंसिर ११ : प्रतिनिधि सभातर्फ इलाम–१ मा एमालेका उम्मेदवार महेश बस्नेतको विजय सुनिश्चित भएको छ । मतगणना अन्तिम चरणमा पुगेलगत्तै बस्नेतको जित निश्चित भएको हो ।
त्यहाँ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल गठबन्धनका साझा उम्मेदवार छन् । आइतबार प्रत्यक्षतर्फको मतगणना सकिँदा महेश बस्नेतले २५ हजार ६९९ मत पाएका छन् भने खनालले २३ हजार ४५ मत पाएका छन्। उनीहरूबीच २ हजार ६५४ मतान्तर छ।
निर्वाचन अधिकृत राजकुमार दाहालले समानुपातिक र प्रदेशतर्फको गन्दा पनि प्रत्यक्षको मतपत्र भेटिएको हुँदा अन्तिम घोषणा गर्न बाँकी रहेको जानकारी दिए।
प्रकाशित मिति: १७:०५ बजे, आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार