Kathmandu Press

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी

विराटनगर, पुस ६ : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले  नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयो....

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी

विराटनगर, पुस ६ : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले  नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवद्र्धन समितिको बैठकमा उनले जानकारी दिए । मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं भव्य बनाउन बाँकी रहेका कामलाई समेत द्रुतगतिमा सम्पन्न गर्न निर्देशन समेत दिए ।

Hardik ivf

रङ्गशालामा हुने उद्घाटन कार्यक्रममा १० हजारको सहभागिता गराइनुका साथै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रदर्शन, १४ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारका प्रदर्शनी कक्षसमेत राखिने मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए । एयर बेलुनबाट भ्रमण वर्ष २०२० को झण्डा फहराउनुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने छ ।

उद्घाटन पूर्व साइकल÷मोटरसाइकल र्‍याली, विभिन्न नाका र विमानस्थलमा आउने पर्यटकलाई स्वागत गर्नेसमेत तयारी पूर्ण भएको मूल समारोह व्यवस्थापन उपसमितिले गरेको छ ।  पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहनुभएका मन्त्री कुसियतले उद्घाटनलाई भव्य बनाउन हालसम्म भएका प्रगतिका विषयमा समेत उपसमितिहरुसँग छलफल गरेका थिए ।

भ्रमण वर्ष सफल बनाउन  सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ उपसमिति बनाइएको छ । मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन पुस १६ गते गर्नुहुने मूल समितिले जनाएको छ ।

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्