Kathmandu Press

समानुपातिकतर्फ ८४ लाख मत गन्दा पहिलाे स्थानमा एमाले, साताैंमा एकीकृत समाजवादी

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ ८४ लाख मत गन्दा पहिलाे स्थानमा एमाले, साताैंमा एकीकृत समाजवादी

काठमाडाैं, मंसिर ११ : प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ।

निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कुल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ। मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ। पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा एमालेले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ। 

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ। तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले नौ लाख ६९ हजार ३९६ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार १ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ लाख ८७ हजार ८ सय ५५ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) ले २ लाख ८९ हजार आठ सय ६८, नेकपा एकीकृत समाजवादीले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेका छन्।

आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार नौ सय ७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २० हजार आठ सय ४८,  नेपाल मजदूर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार नौ सय ७१, राष्ट्रिय जनममोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेस्लिनस्ट पिपल्स पार्टीले १ हजार ३७४ मत प्राप्त गरेको छ।

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्