प्रदेशसभाकाे मतपत्र भेटिएपछि उदयपुर १ को मतगणना रोकियाे
मत गन्ने क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा साेही क्षेत्रकाे प्रदेशसभा (ख) को सयवटा मतपत्र भेटिएपछि गणना रोकिएको जनाइएकाे छ।
उदयपुर, मंसिर ११ : प्रतिनिधिसभाकाे मतपेटिकामा प्रदेशसभाकाे मतपत्र भेटिएपछि उदयपुर १ को मतगणना रोकिएको छ।
मत गन्ने क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा साेही क्षेत्रकाे प्रदेशसभा (ख) को सयवटा मतपत्र भेटिएपछि गणना रोकिएको जनाइएकाे छ।
त्यहाँ ६३ हजार ८० मत गणना भइसकेकाे अवस्थामा थप मतपेटिका खोल्दा प्रदेशसभाको मतमत्र भेटिएपछि दलहरुले गणना रोक्न माग गरेका थिए। सर्वदलीय छलफलपछि आज दिउँसो ४ बजे मतगणना सुरू हुने बताइएकाे छ।
उदयपुर १ मा ७६ हजार ७५६ मत खसेकाे छ। जसमा ६३ हजार ८० मत गणना भइसक्दा नेपाली कांग्रेस नेता एवं परराष्ट्रमन्त्री नारायण खड्काले १ हजा ८२५ मतले अग्रता लिएका छ्न्।
खड्काले २७ हजार ४८४ मतसहित अग्रता लिइरहँदा एमालेकी मन्जु कुमारी चौधरीले २५ हजार ६५९ मत ल्याएकी छन्।
प्रकाशित मिति: १३:५३ बजे, आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार