Kathmandu Press

इलाम २ बाट झिनो मतान्तरले नेम्वाङ निर्वाचित

नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा खड्काले २९ हजार ९०६ मत ल्याए।
इलाम २ बाट झिनो मतान्तरले नेम्वाङ निर्वाचित

इलाम, मंसिर ११ : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा झिनो मतान्तरले निर्वाचित भएका छन्।

यसअघि पनि सोही क्षेत्रबाट जितेका उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका हुन्। नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा खड्काले २९ हजार ९०६ मत ल्याए। 

Hardik ivf

२०५६ सालयता भएका संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा उनी यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। उनी दुवै संविधानसभामा सभामुख पनि भएका थिए। 

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा १ हजार ३८० मतका साथ तेस्रो स्थानमा रहे।    

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, मंसिर ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्