सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी
२०७४ मा प्रदेशसभा सदस्य बनेका आचार्य ६ हजार मतान्तरसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
सुनसरी, मंसिर १० : सुनसरी क्षेत्र नं २बाट प्रतिनिधिसभा सदस्यमा एमाले नेता भीम आचार्य विजयी भएका छन्।
२०७४ मा प्रदेशसभा सदस्य बनेका आचार्य ६ हजार मतान्तरसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनले ३२०८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६०५८ मत प्राप्त गरे।
मेहता २०७४मा सोही क्षेत्रका निर्वाचित भएका थिए। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९३८६ मत प्राप्त गरे।
अघिल्लो पटक सनुसरी १ (१)बाट प्रदेशसभा सदस्य बनेका आचार्य प्रदेश १ को मुख्यमन्त्री समेत बनेका थिए। यसअघि उनी दुवै संविधानसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित भएका थिए । उनी एमाले संसदीय दलको प्रमुख सचेतक पनि बनेका थिए।
प्रकाशित मिति: १९:३९ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार