बाजुराको बुढीनन्दामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
त्यहाँ २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका छन्।
डोटी, मंसिर १० : बाजुराको बुढीनन्दा नगरपालिका-५ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
९९९ मतदाता रहेको साे मतादन केन्द्रमा ५९७ जनाले मतदान गरेकाे जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएकाे छ।
त्यहाँ २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका छन्।
मंसिर ४ मा मतदना सुरु भएको केही समयमै कांग्रेस र एमालेका कार्यकर्ताहरूबीच झडप हुँदा मतदान स्थगित भएको थियो।
मतदान स्थगनकाे घाेषणा गर्दा २८ मत मात्रै खसेको थियो।
प्रकाशित मिति: १८:०७ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार