Kathmandu Press

जनमत पार्टीको विरोधपछि महोत्तरी १ मा रोकियो मतगणना

गणकले गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको जनमत पार्टीकाे अरोप छ ।
जनमत पार्टीको विरोधपछि महोत्तरी १ मा रोकियो मतगणना

महाेत्तरी, मंसिर १० : जनमत पार्टीले प्रदर्शन गरेपछि मोहत्तरी क्षेत्र नं. १ को मतगणना रोकिएको छ। मतगणनामा विवाद भएपछि जनमत पार्टी विरोध प्रदर्शन गरेको थियो ।

आफ्नो पार्टीले पाएको समानुपातिकतर्फको मत अन्य पार्टीमा जोडिएको भन्दै जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो। गणकले गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको उसको अरोप छ ।

मतगणनामा विवाद उत्पन्न भएपछि महोत्तरी १ को निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने तयारी गरिरहेको छ।

मुचुल्का उठाउँदा गरिएको समयमा त्रुटी भएको तर डेटा अपडेट गर्दा त्यो त्रुटी नहुने हुँदा मत अन्यत्र जाने कुरा असम्भव भएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले बताए।

 

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्