Kathmandu Press

मुगुकाे प्रदेशसभा २ मा माओवादी केन्द्रका शाही विजयी

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन्।
मुगुकाे प्रदेशसभा २ मा माओवादी केन्द्रका शाही विजयी

मुगु, मंसिर १० : मुगुकाे प्रदेशसभा २ मा माओवादी केन्द्रका उम्मेदवार मंगलबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन्। 

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गर्नुभयो। एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए।

यस क्षेत्रमा कूल १३ हजार छ सय २६ मत खसेको थियो। शाहीले मल्ललाई तीन हजार पाँच सय ४५ मतान्तरले पराजित गरेका हुन्। 

यसअघि प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएको थिए। उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन्। शाहीले निकटतम प्रतिद्व्रन्द्वी नेकपा ९एमाले० का राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पराजित गरेका थिए। 

मुगुकै प्रदेशसभा १ मा एमालेका जितबहादुर मल्ल विजयी भएका थिए। उनले ६ हजार ६ सय १८ मत प्राप्त गर्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमलाई पराजित गरेका थिए।  

प्रकाशित मिति: १५:४६ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्