Kathmandu Press

इलाम १ मा पुनः मतदान गर्नुपर्ने पूर्वप्रधानमन्त्री खनालकाे माग

गनिसकेको मध्ये उनलाई १३ हजार ७६८ मत प्राप्त भएको छ भने उनीभन्दा अगाडि रहेका एमाले उम्मेदवार महेश बस्नेतले १६ हजार ५३३ मत ल्याइसकेका छन्।  
इलाम १ मा पुनः मतदान गर्नुपर्ने पूर्वप्रधानमन्त्री खनालकाे माग

काठमाडौं, मंसिर १० : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदान गर्नुपर्ने बताएका छन्।

मतगणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएको देखिएको भन्दै उनले पुनः मतदान गर्नुपर्ने बताएका हुन्। सोही क्षेत्रमा उम्मेदवार रहेका खनालले मतदानमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पछिल्लोपटक गणना भएका ६ वटा केन्द्रमा खसेको भन्दा धेरै गणना हुनु नै धाँधलीकै प्रमाण भएको बताएका छन्। 

गनिसकेको मध्ये उनलाई १३ हजार ७६८ मत प्राप्त भएको छ भने उनीभन्दा अगाडि रहेका एमाले उम्मेदवार महेश बस्नेतले १६ हजार ५३३ मत ल्याइसकेका छन्।  

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्