Kathmandu Press

दुई वडाकाे मत गन्न बाँकी रहँदा नेम्वाङ र खड्काबीच कडा टक्कर

इलाम नगरपालिका-१ को मतगणना सकिनै लाग्दा संविधानसभाका सभामुखसमेत रहेका नेम्वाङ खड्काभन्दा १६ मतले पछाडि परेका छन्।
दुई वडाकाे मत गन्न बाँकी रहँदा नेम्वाङ र खड्काबीच कडा टक्कर
Hardik ivf

इलाम, मंसिर १० : मतगणनाको अन्तिम चरणमा आइपुग्दा इलाम २ ले सबैकाे ध्यान खिचिरहेकाे छ। त्यहाँ एमाले उपाध्यक्ष सुवास नेम्वाङ र सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस नेता उम्मेदवार डम्बरबहादुर खड्काबीच झिनाे मतान्तरमा कडा टक्कर भइरहेको छ।

इलाम नगरपालिका-१ को मतगणना सकिनै लाग्दा संविधानसभाका सभामुखसमेत रहेका नेम्वाङ खड्काभन्दा १६ मतले पछाडि परेका छन्। नेम्वाङले अहिलेसम्म २८ हजार ४७० मत पाएका छन् भने खड्काले २८ हजार ४८६ मतसहित अगाडि छन्। अहिले इलाम-१ र २ को मतगणना भइरहेको छ। अब गन्न बाँकी पनि यिनै दुई वडा हुन्। 

यी दुईवटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एउटा वडा कांग्रेसले र अर्को वडा एमालेले जितेका थिए। दुई उम्मेदवार बीचको मतान्तर झिनो हुँदा कसले जित निकाल्ने भनेर सबैका लागि चासाेकाे विषय बनिरहेकाे छ।

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, मंसिर १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्