Kathmandu Press

समानुपातिकमा रास्वपालाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा, साताैंमा एकीकृत समाजवादी

समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनाअनुसार सुरुदेखि नै निरन्तर तेस्रो नम्बरमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेकपा माओवादी केन्द्रले उछिनेको छ। अहिले माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ।
समानुपातिकमा रास्वपालाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा, साताैंमा एकीकृत समाजवादी

काठमाडौं, मंसिर १० : प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ अगाडि रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो नम्बरमा रहँदा एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ।

समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनाअनुसार सुरुदेखि नै निरन्तर तेस्रो नम्बरमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेकपा माओवादी केन्द्रले उछिनेको छ। अहिले माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ।

Hardik ivf

तेस्रो स्थानमा उक्लिएको माओवादी केन्द्रले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० ल्याएको छ।

पहिलो स्थानमा रहेको एमालेले १८ लाख ९६ हजार ७३१ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले १८ लाख २९ हजार ७९१ मत प्राप्त गरेको छ।

त्यसपछि क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टी ४,१०,०८२, जनता समाजवादी पार्टी नेपालले २,२६,६०३, नेकपा एकीकृत समाजवादीले १,७६,४३९, नागरिक उन्मुक्ति पार्टीले १,६३,१४१, जनमत पार्टी १,५६,०५६ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९६,८२१, नेपाल मजदुर किसान पार्टीले ५९,७३०, राष्ट्रिय जनमोर्चा ३९,१७२, हाम्रो नेपाली पार्टीले ३८,५१० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, मंसिर १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्