सुनसरी ४मा कडा प्रतिस्पर्धा, सञ्चारमन्त्री कार्की १७६ मतिले अघि
ताजा अवस्थामा कार्कीले २२३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२१६९ मत पाए।
सुनसरी, मंसिर १० : सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
मतगणनाको सुरुवातदेखि नै नेपाली कांग्रेसका वर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिन कुसियतबीच प्रतिस्पर्धा देखिएको छ।
कार्की र कुसियतले पालै पालो अग्रता बनाइरहेको छ। तर, ताजा अवस्थामा ज्ञानेन्द्र कार्कीले अग्रता लिएका छन्। उनले १७६ मतको अग्रता लिएका छन्।
ताजा वअस्थामा कार्कीले २२३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२१६९ मत पाए।
सुनसरीका अन्य तीन क्षेत्रमा २ मा एमाले र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएकाे छ।
प्रकाशित मिति: १२:१९ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार