Kathmandu Press

मोरङ ३ मा २३ हजार मतान्तरले कांग्रेस सुनील शर्मा विजयी, रेखा थापा तेस्रो

शर्माले ४८ हजार ६३१ मत ल्याउँदा एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत लाए।
मोरङ ३ मा २३ हजार मतान्तरले कांग्रेस सुनील शर्मा विजयी, रेखा थापा तेस्रो

काठमाडौं, मंसिर १० : मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका डा. सुनील शर्मा विजयी भएका छन्। शर्माले २३ हजार मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

शर्माले ४८ हजार ६३१ मत ल्याउँदा एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत लाए।

Hardik ivf

यो क्षेत्रमा राप्रपाबाट उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा तेस्रो बनिन् । थापाले १० हजार ९८८ मत ल्याइन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १ हजार ५२० मत ल्याए।

योसँगै शर्माले भानुक्त ढलाकासँग २०७४मा भोगेको हारको बदला पनि लिएका छन्।

यस्तै, प्रदेश सभा  ३ (१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याउँदा एमालेका दिलिप राईले १४ हजार ८१७ मत ल्याए।

३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भए । उनले सुवेदीले १७ हजार ७२८ मत ल्याउँमा मओवादीका  लक्ष्मीकुमार श्रेष्ठले १५ हजार ३५८ मत ल्याए।

प्रकाशित मिति: ११:४६ बजे, शनिबार, मंसिर १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्