पराजित भए धनश्याम भुसाल
उनी रुपन्देही १ बाट पूर्वसहकर्मी एमालेका छविलाल विश्वकर्मासँग ३५ सय मतान्तरले पराजित भएका हुन्।
काठमाडौं, मंसिर १० : स्वतन्त्र उम्मेदवार बनेका धनश्याम भुसाल पराजित भएका छन्। उनी रुपन्देही १ बाट पूर्वसहकर्मी एमालेका छविलाल विश्वकर्मासँग ३५ सय मतान्तरले पराजित भएका हुन्।
विश्वकर्माले २४ हजार ८७२ मत ल्याए भने भुसालले २१३०८ मत ल्याए।
एमालेले टिकट नदिएपछि पार्टी पत्यिाग गर्दै भुसाल स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनको समर्थ थियो। उनी २०७४ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: ०९:१४ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार