कांग्रेसबाट प्रत्यक्षमा चुनाव जित्ने एकमात्र महिला सीता गुरुङ
यसअघि आशा गरिएका कांग्रेस नेतृत्वहरु पुष्ष भुसाल अर्घाखाँचीमा, महालक्ष्मी उपाध्यक्ष (डीना) मकवानपुर १ मा, सुजाता कोइराला मोरङ २ मा र चित्रलेखा यादव सिरहा १ मा पराजित भइसकेका छन्।
काठमाडाैं, मंसिर १० : सीता गुरुङ नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षमा चुनाव जित्ने एकमात्र महिला बनेकी छिन्। सीता तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएकी छिन्।
यसअघि आशा गरिएका कांग्रेस नेतृत्वहरु पुष्ष भुसाल अर्घाखाँचीमा, महालक्ष्मी उपाध्यक्ष (डीना) मकवानपुर १ मा, सुजाता कोइराला मोरङ २ मा र चित्रलेखा यादव सिरहा १ मा पराजित भइसकेका छन्।
सीताले एमालेका विजय सुब्बालाई १०७९ मतान्तरले पराजित गरिन् । सीताले १९७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी विजयले १८६२३ मत प्राप्त गरे।
सीता २०७४ मा एमालेकै भवानी खापुङसँग पराजित भएकी थिइन् । र २ हजार २१ मतले पराजित भएकी थिइन् । सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए ।
जिल्लाबाट तेस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका सुब्बा यसपटक भने पराजित भए ।
प्रकाशित मिति: ०८:५९ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार