Kathmandu Press

एमालेका झपट रावललाई हराउँदै कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित 

एमालेका झपट रावललाई हराउँदै कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित 

कैलाली, मंसिर ९ : कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् । 

चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरेका छन् । चौधरी एमालेका उम्मेदार रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजजी हुनुभएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिए। 

Hardik ivf

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत जोशीले जानकारी दिए। यस्तै राप्रपाका भरतसिंह विसीले दुई हजार सात सय ८४ मत प्राप्त गरेका छन् । एक लाख चार हजार नौ सय छ मतदाता रहेको यस क्षेत्रमा ६० हजार तीन सय ७४ मत खसेको थियो । तीन हजार छ सय ६४ मत बदर भएका छन्। 

कैलाली निर्वाचन क्षेत्र नम्बर  क्षेत्र २ (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह १० हजार चार सय ३३ मत र निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार छ सय ६५ मतका साथ यसअघिनै विजयी भइसकेका छन् । 

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्