कैलाली–५ मा कांग्रेसका पन्त निर्वाचित

कैलाली, मंसिर ९ : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार पन्त नेकपा एमालेका नारदमुनि रानालाई ९०५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी भएकापन्तले २१ हजार तीन सय ९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरे।
यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार नौ सय ९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ हजार छ सय १९ मत प्राप्त गरे।
प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











