सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी
शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् ।काठमाडौं, मंसिर ९ : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।
शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् ।
बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै ल्याउन सके । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले २ हजार ८ सय १९ मत ल्याए ।
सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए ।
प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९