Kathmandu Press

बाँके १ मा एमालेका सूर्य ढकाल विजयी

उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए। 
बाँके १ मा एमालेका सूर्य ढकाल विजयी

बाँके, मंसिर ८ : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन्।

उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए। 

लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

गहतराजले १९ हजार छ सय ३२ मत पाएका छन्। सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरे।

तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन्। 

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ। उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ।

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्